माल्टा पठाइने प्रलोभनमा पारेर ठगी गर्ने पुरुष पक्राउ

20k Shares

काठमाडौं, ७ असोज । माल्टा पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बैतडीको दशरथचन्द नगरपालिका घर भई हाल ललितपुरको भैसिपाटी बस्ने ३५ वर्षीय रमेश बडुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनले कुम्भराज जोशीसमेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ती ७ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेपछी होटेलमा मा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजारभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ।

पीडितहरूबाट पटक पटक गरी १३ लाख १५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकाले उनलाई पक्राउ गरिदिन वैदेशिक रोजगार विभागले पत्रचार गरेसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार