एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

15.5k Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहजबनाउने विश्वास एनएमबि बैंक र बुद्घ एयरले लिएको छ । कार्ड सार्वजनिक गर्दै एनएमबि बैंक प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘बुद्ध एयर जस्तो पाइनियर विमान कम्पनीसँग एनएमबि बैंक जोडिन पाउदा खुशी लागेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै बुद्ध एअरका प्रबन्ध निर्देशक विरेन्द्र बस्नेतले आफ्ना यात्रुलाई थप नयाँ सुविधा दिन पाएकोमा एनएमबि बैकलाई धन्यवाद दिए भने उनले बुद्ध एअर सञ्चालनको शुरुको चरणमा सञ्चालन पुँजी समेत जुटाइदिएको सम्झना गरेका थिए । 

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यकाभित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १०% छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रागर्दा थप ५ किलो सामाननिःशूल्कलान सक्नेछन् । 

एनएमबि बुद्घ भिसा डेबिट कार्डप्रयोेग गर्ने ग्राहकहरुलाई शतप्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्यविशेषताहो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्कनगदझिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदानगरिएको छ । 

सम्बन्धित समाचार