ललितपुर । सातदोबाटो खुमलटार अवस्थित ग्राण्ड एकेडेमीमा 'अन्तर्राष्ट्रिय बाल दिवस-२०८०' भव्यताका साथ सम्पन्न भएको छ । शुक्रबार विहानैदेखि आयोजना गरिएको उक्त दिवस विभिन्न कार्यक्रमका बीच सम्पन्न भएको हो ।
इनर व्हील क्लब अफ सातदोबाटोद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा यसअघि स्कूलद्धारा आयोजित विभिन्न प्रतियोगिताहरूमा विद्यार्थीहरुले देखाएको प्रतिभाको उच्च मुल्यांकन गरी पदक तथा पुरस्कार प्रदान गरिएको थियो ।
विद्यार्थीहरुलाई पुरस्कार र पदक वितरण स्कूलका प्रिन्सिपल सीमा राई र सबिनाले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कार्यक्रम पनि प्रस्तुत गरेका थिए । ग्राण्ड एकेडेमीले समावेशी र समय सान्दर्भिक यस्ता थुप्रै कार्यत्रमहरु समयसापेक्ष गर्दै आइरहेको छ ।















