16k
Shares
मुम्बई । बलिउड ‘मेगास्टार’ अमिताभ बच्चनको ‘प्रतीक्षा’ भवनको पर्खाल ‘बीएमसी’ले भत्काउने भएको छ । सडक बढाउनुपर्ने भएपछि अमिताभको घरको अगाडिको भाग केही भत्काउन लागिएको नवभारत टाइम्सले जनाएको छ ।
अमिताभलाई यसको सूचना बीएमसीले सन् २०१७ देखि नै दिइरहेको थियो । बीएमसीले आफ्ना अधिकारीहरुलाई जहाँसम्म भत्काउने हो, त्यहाँसम्म चिह्न लगाउन निर्देशन पनि दिइसकेको छ ।
अमिताभको घरअगाडिको सडक निकै साँघुरो भएकाले त्यहाँ दैनिक ट्राफिक जाम हुने गरेको छ । अमिताभको घर हुँदै त्यो बाटो इस्कान मन्दिर पुगिन्छ ।