`भारतसँगको सीमा विवाद समाधान गर, आवश्यक परे थप सम्झौता गर्नू` - सर्वोच्च

17.2k Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्चले विगतमा भएका सन्धि सम्झौता एवम् ऐतिहासिक दस्ताबेजका आधारमा मिचिएका सीमाक्षेत्रको स्पष्टता र सिमांकनका लागि भारतसँगको कूटनीतिक पहलमा विवाद समाधान गर्न भनेको छ ।

न्यायाधीशहरू प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासको आदेशको फैसालामा भनिएको छ, 'आवश्यकता अनुसार थप सन्धि सम्झौता गर्नुपर्ने भए गरी आपसी समानता, सम्मान र पारस्परिक हित एवम् चासोको आधारमा खुला सीमाना व्यवस्थापन तथा नियमन गर्नू गराउनू ।
भारतसँगको खुला सीमाका कारण अवैध र आपराधिक गतिविधि बढेको भन्दै वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीसहितले रिट निवेदन दर्ता गरेका थिए । रिटमा गत वैशाख १२ गते नै फैसला भएको थियो । पूर्णपाठ भने बुधबार प्रकाशित भएको हो ।

सम्बन्धित समाचार