काठमाडौं, २५ भदौ । गायक तथा संचारकर्मी कपिल कसपालले अब टेलिभिजन यात्रा पनि सुरु गरेका छन् । कसपालले ‘यात्रा रहेछ जिन्दगी’ टेलिभिजन शो सुरु गरेका हुन् । उक्त कार्यक्रम सेभेन स्टार फोर के टेलिभिजनमा हरेक मंगलबार साँझ सवा सात बजे १५ प्रशारण हुने छ । कार्यक्रममा समाजका चर्चित व्यक्तित्वहरूसँग जीवन र संघर्षका प्रेरणादायी प्रस्तुती रहने कसपालले बताएको छ ।
कार्यक्रम मार्फत नयाँ पुस्ता ले जिवन सफलको बाटोमा कसरी लान सकिन्छ भन्ने प्रेरणाका पाठ लिन सकिने गायक कसपालको दावी छ । कपिल कसपालले भक्तपुर एफ एम १०५.४ मेगाहर्ज मा चर्चित कार्यक्रम ‘दि कपिल कसपाल शो’ संचालन गर्दै आउनु भएको छ । गायक कपिल कसपाल विभिन्न सामाजिक गतिविधिमा सहभागि छन् । उहाँको दर्जनौं गीत हरु स्रोतामाझ छन् । टेलिभिजन शोमा पहिलो यात्रा थालेका कसपालल ‘यात्रा रहेछ जिन्दगी’ संघर्षबाट सफलता तर्फ उन्मुख व्यक्तीहरूको उत्प्रेरणामुखी कार्यक्रम हुने पनि कसपालको दावी छ ।