ललितपुर । ललितपुर धापाखेल स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको आठौ पुनर्मिलन कार्यक्रमको अवसर पारेर पूर्व विद्यार्थीहरुद्वारा ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
फागुन २९ गते टौदहमा विद्यालयका पूर्व विद्यार्थीहरुको आठौं पुनर्मिलन कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम स्कूलका व्यवस्थापन समितिका नि. अध्यक्ष एवम् सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको अध्यक्षतामा र स्कूलका आदरणीय शिक्षक कृष्णहरी देशारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त भेलाबाट स्कूलमा अध्ययनरत विद्यार्थी एवम् विद्यालयको गुणस्तरीय शिक्षाको लागि अक्षय कोषको स्थापना गरिएको अध्यक्ष भरत महर्जनले खोजतलासलाई जानकारी गराएका छन् ।
श्रीकृष्ण उच्च मा.वि.को हालको भौतिक संरचना सामान्य रहेकोमा ब्यवस्थापन समितिका अध्यक्ष भरत महर्जनको विशेष पहलमा जाइकाले अत्याधुनिक सुविधा सम्पन्न भवन वनाउने कार्यको शुरुवात गरिसकेको छ ।
सो विद्यालयका पूर्व विद्यार्थी एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनबाट ५ लाख रुपैयाँ, बालमुकुन्द महर्जनबाट ४ लाख रुपैयाँ, राम भण्डारीबाट ४ लाख, दिलिप डंगोलबाट २५ हजार ५ सय ५५ रुपैयाँ, रमेस महर्जनबाट २५ हजार ५ सय ५५ रुपैयाँ, सहदेव महर्जनबाट २५ हजार रुपैयाँ, रत्न महर्जनबाट २५ हजार रुपैयाँ, लालमाया महर्जनबाट २५ हजार रुपैयाँ, राजेन्द्र थापाबाट २५ हजार रुपैयाँ, इश्वर के.सी.बाट १३ हजार ३ सय ३३ रुपैयाँ, सति खड््रकाबाट ११ हजार १ सय ११ रुपैयाँ, बालकृष्ण थापा र ललिता अधिकारीबाट ११ हजार रुपैयाँ, रमेस रानाभाटबाट ५ हजार ५ सय ५५ रुपैयाँ, अम्बिका खड्काबाट ५ हजार ५ सय ५५ रुपैयाँ, मन्जु वस्नेतबाट ५ हजार ५ सय ५५ रुपैयाँ र गीता खड्काबाट ५ हजार रुपैया राखी शुरु भएको अक्षय कोषमा अनुमानित ५० लाख रुपैया जम्मा भएको छ ।
उक्त कोषमा जम्मा भएको ५० लाख रुपैयाँको व्याजबाट यस स्कूलमा पढ्ने गरीव तथा जेहेन्दार विद्यार्थीहरुको लागि उत्प्रेरणात्मक कार्यक्रमहरु संचालन गर्ने लक्ष्य लिइएको छ । यस स्कुलबाट प्रदान गर्ने शिक्षालाई अझ गुणस्तरीय र प्रभावकारी बनाई सवै धापाखेलवासीले समेत आफ्ना छोराछोरी पढाउन सक्ने वातावरण वनाउने उद्देश्यका साथ स्थापना भएको अक्षयकोषको कार्य समितिमा अध्यक्ष भरत महर्जन, उपाध्यक्ष सहदेव महर्जन, सचिव दिलिप डंगोल, कोषाध्यक्ष लालमैया महर्जन, सदस्य उध्दव वस्नेत, रत्न महर्जन र राजेन्द्र थापा रहेका छन । सल्लाहकार समितिमा नेपाल सरकारका सहसचिव राजेन्द्र के.सीं, पूर्व विद्यार्थी एनआरएन मित्रहरु बालमुकुन्द महर्जन, सरीता पौडेल, राजु श्रेष्ठ, राम भण्डारी, राजेश महर्जन, हरिसरण रानाभाट र राज बानिया रहेका छन ।
अक्षय कोषको स्थापनाले श्रीकृष्ण स्कुलले नयाँ उर्जा प्राप्त गरी यसबाट प्रदान गर्ने शिक्षा अझ स्तरीय हुने धारणा यस स्कुलका प्रधानाध्यापक हरिभद्र वाग्लेले व्यक्त गरेका छन् ।