दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप, एक जना गम्भीर घाइते

17.4k Shares

दार्चुला । दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
जिल्लाको नौगाड गाउँपालिकामा आइतबार दिउँसो झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । नेकपा एमालेका कार्यकर्ताको आक्रमणबाट गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमण घाइते भएका धामीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । चुनाव प्रचारका क्रममा विवाद हुँदा दोहोरो झडप हुन पुगेको प्रहरीले जनाएको छ । जिल्लामा उपचार हुन नसकेपछि घाइते धामीलाई धनगढी रेफर गरिएको हो। उनको टाउकोमा रड प्रहार गरिएको छ ।

सम्बन्धित समाचार