स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

15.4k Shares

महोत्तरी, १३ भदाै । मनरा शिसवा नगरपालिका-३ सुनौलस्थित सडकबाट श्रोत नखुलेको नगद २५ लाख १० हजार नेपाली रूपैयाँसहित भारत घर भएका ३७ वर्षीय विनय साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    

 

  प्रहरी चौकी इटहर्वाकट्टीबाट खटिएको प्रहरीले भोल्ही हुँदै सुनौलतर्फ जाँदै गरेको बीआर ३० एस ८५८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको उक्त रकम फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार