कलाकारहरूबीच फुटसल प्रतियोगिता हुने

20.7k Shares

बिगत ४ बर्ष देखी "कलाकार राष्ट्रको गर्व र सम्पती हुन्, उहाँहरुको संवर्धन, प्रबर्धन र सम्मन गरौँ" भन्ने मुल नाराक साथै भाषा, कला सँस्कृती र सम्पदा जगेर्ना गर्ने, समाजिक जनचेतना मुलक कार्यक्रम गर्ने साथै मनोरन्जना र कार्यक्रम गर्ने उद्धेश्यले स्थापना भएको संस्था एम्स इन्टरटेनमेन्टले कोभिड–१९ को कारणले महिनौंसम्म निष्कृय रहेको कलाकर्मलाई पुनः सुचारू गर्नमा कलाकारहरूलाई मैत्रीपूर्ण फुटसल प्रतियोगिता गर्ने भएको छ ।

कलाकारिता क्षेत्रमा सक्रिय रहेका कलाकारहरूबीच फागुन २९ गते चन्द्रागिरी नगरपालिका–९ स्थित मत्स्य रिक्रिएसन सेन्टरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा सक्रिय कलाकारहरूबीचको भातृत्व विकास गरि सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिताको तयारी थालेको बताइएको छ ।

प्रतियोगितामा सहभागी हुन कलाकारहरूलाई एम्स इन्टरटेनमेन्टले पत्रकार सम्मेलन गरी सार्वजनिक रूपमा आह्वान गरेको छ । गत माघमा पुनर्गठन गरिएको संस्थाले पहिलो कार्यक्रमको रूपमा फुटसल प्रतियोगिताको तयारी थालेको अध्यक्ष सुरेन्द्र महर्जनले जनाए।

त्यस्तै एम्स इन्टरटेनमेन्टमा सदस्य रहेका कलाकारहरूको स्वास्थ्यलाई मध्यनजर गरि सुमेरु ग्रुप द्वारा सन्चलित सुमेरु हस्पिटलले समग्र उपचार खर्चम २०% (बिस प्रतिसत्) छुटको लागि सम्झौता गरिसकेको छ । साथै मैत्रीपूर्ण फुटसल प्रतियोगिताभरी आफ्नो निशुल्क क्याम्प पनि सन्चलन गर्ने र खेलको समयमा घाईते भएकाहरुको उपचारमा भने ५०% छुट हुने जनएको छ ।कलाकारहरूको स्वास्थ्यलाई मध्यनजर गरि एम आर आई (क्यपिटल डाएग्नोस्टिक सेन्टर,पुतलिसडक), अल्ट्रासाउन्ड (काठमाडौं अल्ट्रासाउन्ड किल्निक, बागबजार) र सिटी स्क्यान (अर्निको मेडिकल डाएग्नोस्टिक सर्विस, सितापाइल) को उपचार खर्चमा संस्थाहरु रहेसम्म र एम्समा नबिकरण भए सम्म ३० प्रतिशत छुटका लागि सम्झौता गरिसकेको छ । 
फुटसल प्रतियोगिताको समापन कार्यक्रम चैत १४ गते मन्जुश्री पार्क चोभारमा पिकनिकको आयोजना गरि हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार