21.7k
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुदूरपश्चिम प्रदेशको सह–संयोजक पदको जिम्मेवारी दिएको छ ।
कर्णालीको जुम्लाबाट निर्वाचित शाहीलाई प्रदेश सह–संयोजकको पनि जिम्मेवारी दिइएको हो । उनी पार्टीका प्रवक्ता पनि हुन् । शाहीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार उक्त जिम्मेवारी तोकिदिएका हुन् ।
प्रदेश संयोजक एवम् पार्टीका उपाध्यक्ष उद्धव पौडेलको समन्वयमा रही कार्य सम्पादनमा सघाउन भन्दै शाहीलाई सह–संयोजकको जिम्मेवारी दिइएको हो ।