विचार मिल्ने पार्टीहरूसँग एकताको छलफल चलिरहेको छ : प्रचण्ड

10.2k Shares

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्ने पार्टीहरूसँग एकताको छलफल चलिरहेको बताउनुभएको छ ।

सुर्खेतमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकताको विषयमा छलफल चलिरहेको बताउनुभएको हो । विचार मिल्ने पार्टीहरूबीच एकताका लागि समाजवादी मोर्चा बनाइएको र यसले नै आवश्यक छलफल गरिरहेको उहाँकाे भनाइ छ ।

प्रचण्डले अहिलेको सरकारको एकमात्र काम भ्रष्टचारीलाई संरक्षण गर्नु रहेको पनि आप लगाउनुभएको छ । यो सरकारले भ्रष्टाचारीलाई जोगाउने र सीधा सोझा नागरिकलाई थुन्ने काम गरिरहेकाले धेरै समय नटिक्ने उहाँकाे दाबी छ ।

दुई तिहाइ मतको दम्भ देखाए पनि राष्ट्रियसभामा बहुमत नपुगेर सत्तापक्षका दलहरू छटपटाइरहेका उहाँको भनाइ छ ।

सम्बन्धित समाचार