परिवर्तन प्रगतिको लागि हुनुपर्दछ । नेपालमा साना तिना परिवर्तन भएका छन् तर ती परिवर्तनहरूले व्यक्ति परिवार र केही निश्चित समूहलाई मात्र फाइदा पुग्ने गरेको छ । नेपालमा ठूलो सकारात्मक परिवर्तन भएको छैन । झिना मसिना परिवर्तनले सवै नेपालीको प्रगति गर्न सकेको छैन ।
आर्थिक क्रान्ति नभइ मुलुकमा ठूलो परिवर्तन देखिँदैन । आर्थिक क्रान्तिका प्रारम्भिक रुपरेखा यस्तो हुन पर्नेछ ।
युग बदल्ने नविन सोचाइहरू ः
ज्ञ) प्रत्येक सक्षम र योग्य नेपालीलाई उसको योग्यता इच्छा र क्षमता अनुसार रोजगारी प्रदान गरिनुपर्नेछ । रोजगार प्रदान नहुँदासम्मको अवधिमा निजलाई बेरोजगार भत्ता उपलब्ध गराइनु पर्नेछ ।
द्द) नेपाललाई उद्योग प्रधान देशको रुपमा स्थापित गरिनु पर्नेछ । औद्योगिक नितिमा व्यापक परिवर्तन गरी छिमेकी मुलुकलगायत विश्वका धेरै देशहरूबाट लगानी कर्ताहरूलाई आकर्षित गरिनु पर्नेछ ।
घ) स्थानीय उद्योगहरूमा स्थानीय व्यक्तिहरूको सहभागिता गराई नेपालीहरूलाई उद्योगपति बनाउनु पर्नेछ ।
द्ध) नेपाली शिक्षा जगतमा क्रान्तिकारी परिवर्तन गरिनुपर्छ । शिक्षा क्षेत्रलाई सवैभन्दा आकर्षित क्षेत्रको रुपमा स्थापित गरिनु पर्नेछ ।
छ) प्राविधिक शिक्षा प्राथमिक तह देखि नै शुरु गराई नेपाललाई प्राविधिकहरूको देशको रुपमा संसारभरी चिनाउनुपर्नेछ ।
ट) पर्यटन प्रवद्धनमा आमूल परिवर्तन गरी नेपाललाई पृथ्वीको स्वर्गको रुपमा विकास गरिनु पर्नेछ ।
रोजगारीको सवैभन्दा आकर्षक क्षेत्र ः शिक्षा
शिक्षा क्षेत्रलाई सवै क्षेत्रहरूभन्दा बढि आकर्षक र मर्यादित वनाउन सकियो भने मुलुक विस्तारै प्रगतिको पथ उन्मुख भएको मान्न सकिन्छ ।
शिक्षा क्षेत्रमा देशमा अत्यन्त जागरुक, योग्य, प्रतिभाशाली, शिक्षित व्यक्तिहरूलाई मात्र प्रवेश गराउनु पर्दछ । पाठ्यक्रमलाई युगीन आवश्यकता अनुरुप परिमार्जन गर्नु पर्दछ र यस क्षेत्रमा प्रवेश गरेका नयाँ प्रतिमाहरूलाई आकर्षक तलव सुविधा र सम्मान प्रदान गरिनु पर्दछ । यसो गर्न सकिए दशवर्ष पछि मात्र मुलुकले योग्य सक्षम शिक्षित र असल नागरिक प्राप्त गर्न शुरुवात गर्नेछ । यसरी नेपाली शैक्षिक जगतमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिनेछ ।
नेपाल ः पृथ्वीको स्वर्ग
प्रकृतिले नेपाललाई ‘पृथ्वीको स्वर्ग’ को रुपमा स्थापित गरेकि छिन । उपलब्ध प्राकृतिक श्रोतलाई परिवर्तन परिस्कृत गरे मात्र नेपाललाई विश्वको सवैभन्दा आकर्षक पर्यटकीय स्थलको रुपमा विकसित गरी प्रत्येक नेपालीको घर झुपडीमा हरिया डलरहरू भित्र्याउन सकिन्छ ।
नेपाल ः प्राविधिकहरूको देश
नेपालको शिक्षा प्रणालीमा प्रविधि र आचरणलाई महत्व दिइनु पर्दछ । प्राथमिक शिक्षा तहमा नैतिकता र प्राविधिक ज्ञान समावेश गरियो भने ऊ पछि एउटा असल नागरिक र एक सक्षम प्राविधिकको रुपमा तयार हुन्छ । प्रविधि त हतियार हो यसलाई सदुपयोग र दुरुपयोग गर्न सकिने भएकोले उनीहरूमा नैतिक ज्ञानहरू पनि सानो उमेर देखि नै विकशित गर्नुपर्दछ ।
यसरी सवै नेपालीलाई प्रविधिको ज्ञान दिलाएर नेपाललाई ‘प्राविधिकहरूको देश’ को रुपमा विकशित गर्न सकिन्छ ।
नेपाल ः उद्योग प्रधान देश
औद्योगिक नीतिमा व्यापक परिवर्तन गरी छिमेकी मुलुक लगायत संसार भरका लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालमा ठूला ठूला उद्योगहरू स्थापना गरी नेपाललाई ‘उद्योग प्रधान देश’को रुपमा विकशित गर्न सकिए मात्र नेपालको आर्थिक उन्नति द्रुत गतिले हुन्छ ।
स्थानीय श्रोत साधन प्रयोग गरी संचालन गरिने स्थानीय उद्योगहरूमा स्थानीय जनताहरूलाई पनि निशुल्क शेयर प्रदानगरी सवै नेपालीलाई उद्योग पति वनाउन सकिन्छ।
नेपाल ः वेरोजगार विहीन देश
प्रत्येक सक्षम र योग्य व्यक्तिलाई निजको इच्छा, योग्यता र क्षमता अनुसार रोजगारी प्रदान गरिनु पर्दछ । रोजगारी प्रदान गर्न नसक्ने अवधिभर वेरोजगार भत्ता प्रदान गरिनु पर्दछ । यस्तो अवस्थामा नेपालका एकजना पनि वेरोजगार हुनेछैन र नेपाल विश्वमा नै वेरोजगार विहीन देशको रुपमा परिचित हुनेछ ।
सामाजिक सुरक्षा ः आकर्षक क्षेत्रहरू
ज्ञ) स्थानीय जनताहरूलाई खानेपानी, घरायसी, विजुली र प्राथमिक उपचार निशुल्क प्रदान गरिनु पर्दछ ।
द्द) सवै प्रकारका इमर्जेन्सी सेवा निशुल्क हुनुपर्नेछ ।
घ) जेष्ठ नागरिकको जिम्मा राज्यले लिनुपर्नेछ ।
कृषिलाई उद्योगको रुपमा मान्यता प्रदान गर्ने
कृषि क्षेत्रलाई उद्योग सरह मान्यता दिलाई सरकारी सहयोग र प्रविधिद्वारा कृषिलाई उन्नत उद्योगको रुपमा प्रतिस्थपित गराई प्रशस्त कृषिजन्य उद्योगहरू स्थापना गर्ने र खाद्यान्न निर्यात गर्ने मुलुकको रुपमा स्थापित गरिनु पर्दछ ।
संसारका वरिष्ठ कृषि विज्ञहरूको सल्लाह र उन्नत कृषि भएका मुलुहरूको अनुभव लिएर देशका प्रतिभाशाली बुद्धिजिवीहरूको सहयोगमा कृषि क्रान्तिगरी नेपाललाई उद्योग प्रधान देशको रुपमा स्थापना गरिनुपर्दछ र कृषि उद्योग उत्कृष्ट उद्योगको रुपमा विकसित गरिनु पर्नेछ ।
(लेखकः उप्रेती स्वतन्त्र पत्रकार हुनुहुन्छ)