चट्याङ लागेर बाजुरामा बस्तुभाउ मरे

16.9k Shares

बाजुरा, ९ असार। बाजुरामा चट्याङ लागेर चार भैंसी मरेका छन् । बडिमालिका–७ मा शुक्रबार राति चट्याङ लागेर स्थानीयले पालेका चार भैंसी र एक गाई मरेका हुन् ।

बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर चार भैंसी सहित एक गाई मरेका छन् । स्थानीय प्रेम खत्री,सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक/एक भैंसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

सम्बन्धित समाचार