चापागाउँ प्रहरीद्वारा सुनाकोठी चिबाहालबाट २० लाख बराबरको अबैध समान बरामद

17.5k Shares

ललितपुर । ललितपुरको सुनाकोठीस्थित चिबाहालबाट २० लाख भन्दा बढी राजश्व छली गरेको अवैध समान जेठ २१ गते राती ८ बजे प्रहरीले बरामद गरेको छ ।
नियमित चेकजाँचको क्रममा प्रहरी बृत्त चापागाउँको टोलीले चेकजाँच गर्ने क्रममा सवारी साधनको अगाडि सिसामा प्रेस लेखिएको सवारी साधनभित्र अबैध म्याद सकिएको प्रेस परिचयपत्र वाहक सवार व्यक्तिहरु चढेको पिकअपमा अस्वाभाविक समानहरु भेटिएपछि शंक लागि चेकजाँच गर्दा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, खैनी, गुड्खाहरु, कत्थासमेत गरी अन्दाजी २० लाख ७३ हजार ५ दसय ९० बराबरको सामान चेकजाँचमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रण लिने क्रममा अवैध सामान सहित अन्य व्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास तीन थान, बागमती प्रदेश ०१—०२६ च ८९८० नम्बरको इसुजु पिकअप गाडीसहित रितपूर्वक बरामद गरी सवारी चालक दिपक प्रसाद लामिछाने, सवार राम ईकवाल प्रसाद चौरासियालाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठईएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार