जथाभाबी सामाजिक सञ्जाल चलाउने प्रहरीलाई कारबाहीको चेतावनी

17.4k Shares

काठमाडौं, २९ जेठ ।  प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । यसअघि पटकपटक परिपत्र गर्दा पनि प्रहरी कर्मचारीले फेसबुकमा भिडियो पोष्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभाबी कमेन्ट गर्ने लगायतका कार्यहरू गरेपछि यी गतिविधि रोक्न प्रहरी मुख्यालयले चेतावनीसहितको निर्देशन जारी गरेको हो । 

सोमबार प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले प्रहरी कार्यरत रहने सबै कार्यालयहरूमा परिपत्र गर्दै प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत यी कार्यहरू पुनरावृत्ति भए/गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी समेत दिइएको छ । 

Screenshot 2023-06-12 155418.png
सम्बन्धित समाचार