‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने

17.4k Shares

काठमाडौं, ११ जेठ। हास्य टेलिशृंखला ‘सक्किगोनि’को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ ।  आज बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण लगत्तै ९ बजे इएच डिजिटल युट्युब च्यानलमा प्रसारण हुने बताइएको छ ।

कलाकार प्रकाश बस्नेतका अनुसार दर्शकको चाहना र स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको छ । 

 ‘सक्किगोनि’को तेस्रो सिजन काभ्रेपलाञ्चोकको पाँचखालमा छायांकन भइरहेको छ । यस सिजनमा पनि अधिकांश पुरानै कलाकारको बाहुल्य रहनेछ । 

सम्बन्धित समाचार