रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ५ पुग्यो

15.4k Shares

दाङ, ११ जेठ ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट - ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–८ तोरीधारा जिप दुर्घटना परेको हो। सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाँफिकोट रुकुम पश्चिमले जनाएको छ। घटनामा परी १० जना घाइते भएका छन् ।। जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन।  हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरूको उद्धार कार्यलाई जारी राखेका छन्।

सम्बन्धित समाचार