बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अर्कैको नाममा परीक्षा दिँदै गरेको अवस्थामा कास्की जिल्ला पोखरा महानगरपालिका–२० भलाम बस्ने २० वर्षीय अशोक गुरुङ र २४ वर्षीय कुशल गुरङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी गंगा बहादुर थापाले दुई पाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने र परीक्षा दिन लगाउने दुवैलाई पक्राउ गरेको बताए ।
बुधबार बिहान बागलुङ नगरपालिका–१, खनियाघाट स्थित ट्रायल सेन्टरबाट अर्कैको नाममा परीक्षा दिँदै गरेको अवस्थामा कास्की जिल्ला पोखरा महानगरपालिका–२० भलाम बस्ने २० वर्षीय अशोक गुरुङ र २४ वर्षीय कुशल गुरङलाई पक्राउ गरिएको सुचना अधिकारी डिएसपी गंगा बहादुर थापाले बताए ।
निज गुरुङलाई परिक्षा दिँदै गरिएको अवस्थामा सङ्का लागेर सोधबुझ गर्दा अर्कैको परीक्षा दिएको पाइएपछि दुवैलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
सवारीचालक अनुमतिपत्रको परीक्षाका लागि पोखराबाट दुवैजना बागलुङ आएको र निज २४ वर्षीय गुरुङले परीक्षा उत्तीर्ण गर्न नसक्ने ठानेर भाइलाई परीक्षा दिन लगाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको डिएसपी थापाले बताए ।निज निवेदक २४ वर्षीय गुरुङ वैदेशिक रोजगारीबाट फर्केको र परीक्षा उत्तीर्ण गर्न नसक्ने ठानेर विरामी भएको भन्दै भाइलाइ परीक्षा दिन लगाएको पक्राउपछि यातायात व्यवस्था कार्यालय घटनास्थलमा भनेको बागलुङका प्रमुख पारसिङ्ग थापाले बताए ।सवारी चालक अनुमतिपत्रको परीक्षामा बेलाबेलामा विभिन्न कानुनविपरीतका घटना सुनिने गरिएको भएपनि बागलुङमा भने यो घटना पहिलो भएको प्रमुख थापाले बताए ।परीक्षा सञ्चालनमा यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी र जनपद प्रहरी निगरानीमा सञ्चालन गरिने व्यवस्था रहेको र हुलिया जाँचका क्रममा नक्कलि भएको पत्तालागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताए ।
यातायात व्यवस्था विभागले चालक अनुमति पत्रका लागि अनलाइन आवेदन समेत लिन थालेपछि लाइन लाग्नुपर्ने झण्झट केही कम त भएको छ, तर अनलाइन प्रणालीमा अनेकौँ समस्या रहेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । अनलाइनमा फारम भरेका सेवाग्राहीले पनि पालो कहिले आउँछ भनेर कुर्नुपर्ने बाध्यता छ । यी सबै कामका लागि एउटै सेवाग्राही पटक–पटक कार्यालय पुग्दा खर्च हुने पैसा, समय र