14.5k
Shares
काठमाडौं, ८ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
प्रहरीले ठगी, राज्यविरुद्धको कसुर, संठित अपराध र एकीकृत कसूरविरुद्धको सजायमा मुद्दा चलाउन राय दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।