न्युजिल्यान्डमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु

16.2k Shares

काठमाडौं, २ जेठ । न्युजिल्यान्डको एक होस्टेलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । बीबीसीले जनाएअनुसार वेलिङ्टनमा रहेको चारतल्ले होस्टेलको भवनमा सोमबार मध्यराति आगलागी भएको हो । उद्धारकर्ताले वेलिङ्टनमा भएको सबैभन्दा ठूलो आगलागी मध्येको एक भएको बताएका छन् ।

दर्जनौंको उद्धार गरिएपनि थप मानिस भवनमा हुन सक्ने अनुमान गरिएको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका गरेका छन् । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस होपकिन्सले पनि मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

सम्बन्धित समाचार