मनिष मिश्र र विमल केडियाको महासचिवमा पदोन्नति

16k Shares

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले पार्टीका सचिव मनिष मिश्र र सहकोषाध्यक्ष विमल केडियालाई महासचिवमा पदोन्नति गरेको छ । लोसपाका कार्यालय सचिव प्रदीप पाठकका अनुसार पार्टीले मंगलबार मनिष मिश्र र विमल केडियालाई महासचिवमा बढुवा गरेको हो ।  

त्यसैगरी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मंगलबार नै पार्टीले उपाध्यक्ष पुष्पा ठाकुर र महासचिव मिश्रालाई पार्टीको केन्द्रीय सचिवालयमा मनोनित गरेका छन् । पदाधिकारीमा विभिन्न नेतालाई पदाेन्नति गरेपनि पार्टी छाडेका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झालगायतको नेताको बारेमा पार्टीले केही बोलेको छैन ।

महतोको अभियानमा लागेका महासचिव केशव झालाई लोसपाले यसअघि नै कारबाही गरिसकेको छ भने उपमहासचिव सन्तोष मेहता, उपाध्यक्ष कौशल कुमार सिंहलगायतको बारेमा कुनै निर्णय गरेको छैन । 

सम्बन्धित समाचार