नयाँ प्रहरी महानिरीक्षकज्यु भर्खर आउनु भएको छ र उहाँ पूर्वप्रहरीप्रति सकारात्मक नै हुनुहुन्छ । तर, पनि नेपाल पूर्वप्रहरी संगठनले उहाँ बहाली भएको दुई हप्ताभित्रै कल्याणकोषको मौजादमा अनियमितता भएको आशंका जनाउँदै पूर्वप्रहरी सम्मिलित छानबीन समितिको माग गरी सरोकार पत्र बुझायो । यो कार्य बाहिरबाट हेर्दा हतारमा गरिएको जस्तो पनि देखिन सक्छ । तर कल्याणकोषका रक्षा र कुशल ब्यबस्थापनका साथै पूर्वप्रहरी समाजका कल्याणका लागी यो कदम ज्यादै जरुरी थियो ।
हामी पूर्वप्रहरीको ठहर रहेको छ कि विगत ३० बर्षभित्र कल्याण शाखाले यदि राम्रोसँग योजनाबद्ध रुपले कोषको संरक्षण र बैज्ञानिक रुपको लगानी गरिदिएको भए आजको दिनसम्म आई पुग्दा प्रहरी कल्याणकोषमा कम्तिमा १५ अर्ब रुपैयाँ बचत हुने थियो तर कल्याणकोष रक्षा र बृद्धि योजनाबद्ध हुन सकेन ।
कल्याणकोषमा पेट्रोल पम्पको आए र संयुक्त राष्ट्र संघको कमाइ बिगत ३० बर्षदेखि नै नियमित आएको देखिन्न्छ । यस हिसाबले आईजीपी रत्न सा’ब वा बोहरा सा’बको पालाबाटै कोष बृद्धि हँुदै जानुपर्दथ्यो । तर मलाइ पूर्वप्रहरीहरुले बताए कि रमेस चन्द ठकुरी आईजीपी हँुदा कोषमा नगद करीब १४ करोड थियो रे । पेट्रोलपंम्प घाटामा चलिरहेको थियो रे । उनले उपेन्द्र अर्याल, हेमन्त मल्ल, दान सिंह बोहरा आदि अफिसरहरुको मद्दतले एकै बर्षमा १४ करोडबाट ५५ करोड रुपैयाँ कोषमा नगद बढ़ाए रे । घाटामा गएको पेट्रोल पम्पले मासिक कÞरीब २३ लाखभन्दा बढ़ी नाफा गर्न थाल्यो रे । सायद त्यही बिन्दुबाट कोष केही बृद्धि हुन् थालि हाल कÞरीब २ सय ३५ करोडको हाराहारीमा पुगेको हुनु पर्दछ । तर रमेश चन्द सा’बलाई ओमबिक्रम राणा सा’ब ले किन १४ करोड मात्र बुझाए ? शंका यहीं छ ।
पूर्वप्रहरीहरु भन्छन् रमेश चन्द सा’ब अघि युएन अबजर्भर २०१८ सम्म २८८८ जना गएकामा रमेश सा’बको समयसम्म करीब २८२५ जति प्रहरी अबजर्भर भै फर्की सकेको हुनु पर्द छ । यिनले ७ लाखदेखि २५ लाष करीब २ अर्बभन्दा बढ़ी रकÞम यही शिर्षकबाट मात्र जम्मा भएको हुनु पर्दछ । त्यो रकÞम कहाँ खर्च गरियो त रु केही ब्यापारीक कम्प्लेक्समा खर्च गरिएको हुन सक्छ तर पूर्वप्रहरीहरु भन्छन् धेरै जस्तो कम्प्लेक्स स्थानीय प्रहरीहरुले नै श्रोत जुटाई बनाएका छन् । जे होस् त्यो रकÞम बैज्ञानिक, ब्यबस्थित र पारदर्शी रुपले खर्च गरिएको छ छैन रु हेरीन जरुरी छ ।
पूर्वप्रहरीहरु भन्छन् पेट्रोल पम्प त आइजीपी निबासबाट चिट दिने र पत्रकार, नेता, प्रशासक र पूर्व गृहमंन्त्रीले फोकटमा पेट्रोल हाल्ने गरेकाले नै घाटामा गएका हुन् रे । यदि त्यो हो भने कुन चिट काट्ने महान संरक्षकज्युको पालामा कति यस्ता नतिरिएका रकम डुबेका रहेछन् ? त्यो उहाँहरुलाई जानकारी त गराउनै पर्दछ । उहाँहरुले रकमको जिम्मा पनि लिनै पर्दछ ।
कुन काल खण्डमा कल्याणकोषको सबैभन्दा बड़ी दोहन गरियो त ? भन्ने पत्ता लगाउनका लागी बिगतमा कुन संरक्षकले कसलाई कति कोष बुझाउनु भयो ? भन्ने तथ्यांक हेरेर अनुमान गर्न सकिन्छ तर सबैभन्दा बढ़ी कोषको बिनास गर्ने शंकाको घेरामा दुई प्रहरी महानिरीक्षक देखिनु हुन्छ । पहिलो आईजीपी श्याम भक्त थापा र दोस्रो ओम बीक्रम राणा । यी दुइ आईजीपी सा’बको काल खण्डको खर्च तथा आम्दानीको गहिरो जाँच गरिनु पर्ने देखिन्छ ।
श्याम भक्त सा’बको समयमा हैटीमा एफयुपी मिसन आयो । प्राय कुनै पनि देशबाट जाने यस्ता मिसनमा चाहिने गाड़ी, एपीसी, अस्पतालका सामान एम्बुलेंसदेखि जेनेरेटरसम्म सरकारले दिने गर्दछ र युएनले हरेक टैंक सामान आदिको भाडा सरकारलाई तिर्दछ । नेपालबाट हैटी जाने क्रममा पनि त्यहाँ लैजानुपर्ने संपुर्ण उपकरण सरकारबाट किनाउनु पर्दथ्यो तर श्याम सा’ब ले प्रबन्ध र कल्याण शाखामा एउटै हाकिम राखी हैटीमा लैजानु पर्ने सम्पुर्ण सामाग्री कल्याणकोषको पैसाबाट किन्ने र व्यबस्थापन गर्ने भयानक षडयन्त्र गरेको देखिन्छ । हैटीमा करीब ३ वटा एपीसी किनिएको छ रे (पूर्वप्रहरीहरु एउटै एपीसीलाई ५० करोडसम्म पर्दछ भन्छन् र हैटी पठाइएको एपीसी नयाँ होइन भन्दछन् )।
हैटीमा कÞरीब सयभन्दामाथि प्रहरीहरु गएका होलान् र तीनलाई एउटा गण गुल्म लाँदा जस्तो त्यहाँ चाहिने पानी टैंकरदेखि जेनेरेटर, ट्रकदेखि एम्बुलेन्स, गस्तीको पिकपदेखि एपीसीसम्म लिएर जानुपर्ने हुन्छ र त्यो सामानको युएनले भाडा तिर्दछ । यदि पुरा चाहिने सामान देशले नै लगेको छ भने युएनले ती भाडा देश वा सेना प्रहरीलाई नै पठाउँछ तर नेपालको हकमा श्याम सा’ब ले कल्याणको रकम खर्च गरी चाहिने सामान जुगाड़ गरे । उनले थोत्रा सरकारी गाड़ी रंग लगाई पठाए, कति त्यहाँ चलेनन् । कन्तविजोग खालको एम्बुलेन्स पठाए । खाना चीसो राख्ने ट्रक भनी भारतीय ट्रकमा एसी फीट गरी गाड़ी भित्रै जेनेरेटर राखी गजबको कहीँ संसारमा नभएको कुलर बनाए । यी ३ एपीसी किन्नेदेखि थोत्रा गाड़ी पठाउनेसम्मको खर्च कल्याण कोषबाट त गरे तर कति गरे ? कुन सामान कतिमा किने ? यो कुरो पूर्वप्रहरीलाई थाहा छैन किनकी त्यति बेला कोषको संचालक समितिमा पूर्वप्रहरी थिएनन् ।
एकातर्फ एपीसी किन्नदेखि सम्पुर्ण गाड़ी उपकरण किन्न उनले कोषको कति अर्ब सके त्यो थाहा भएन अर्को तिर युएनले एपीसीको भाडा बापत पठाउने करीब मासिक ३ हजार ५ सय डलर पानी टैंकी बापत करीब १ हजार २ सय डलर पिकपको ६ सय डलर एम्बुलेन्सको करीब १ हजार डलर, गरी करीब मासिक ६० हजÞार डलर कल्याणकोषमा आउनुपर्ने हुन्छ त्यो कति आयो ? यो पनि स्पस्ट नभएको पहिला त्यहीँ काम गरेका पूर्वप्रहरीहरु बताउँछन् ।
संयुक्त राष्ट्रसंघले कल्याणकोषमा एफयुपी मिसनबाट तीन शिर्षकमा रकÞम पठाउँछ । पहिलो मेजर इक्युपमेन्टको भाडा (एपीसी, ट्रक, गाडी आदी) दोस्रो सेल्फÞ स्टेटमेण्ट (माइनस इन्जिनियरिङ्ग, प्लम्बर, इलेक्ट्रिसिएन, अस्पताल उपकरण, पानी टैंकर एम्बुलेन्स आदि) को रकम तेश्रो भत्ता (यदि पुरै सामाग्री फौजले नै लिएर गएको भए प्रति ब्यक्ति १३० देखि १५० डलर प्रति दिन भत्ता मिल्ने गर्दछ र यदि आबास तथा खाद्यान्न संयुक्त राष्ट्रसंघको उपयोग गरेको भए प्रति ब्यक्ति ४० देखि ६० डलर बिच भत्ता दिइने गरिन्छ । यी तिन शिर्षकबाट श्याम सा’बको पालामा कति रकÞम कल्याण कोषमा भित्रियो ? यो कुरा पनि पूर्वप्रहरीलाई थाहा छैन र हैटीमा आफ्नै प्रिफÞैक्सको घर पनि बनाइएको हँुदा त्यसको पनि रकम आउनु पर्दछ ।
श्याम सा’ब आईजीपी हुँदा ओम बिक्रम राणा सा’ब प्रशासनमा र ओम सा’ब आईजीपी हुँदा जो प्रशसनमा बसे ती सबै आईजीपी भए । श्याम सा’बले आईजीपी हुँदा प्रदीप सा’बसँग कोषमा कति रकम बुझे ? श्याम सा’बसँग ओम सा’बले कति रकम बुझे ? यो तत्थ्याड्क अनुसन्धान र अध्यन हुन् अति जरुरी छ । किनकी ओम सा’बबाट रमेस चन्द सा’बले बुझ्दा कल्याणकोषमा केबल १४ करोड मौजाद छोडेको थिए भन्ने कुरा पूर्वप्रहरीहरु बताउँदछन् ।
पूर्वप्रहरीकों अनुसन्धानमा पम्पको आय, जमिन खÞरीद र निर्माणमा पहिलेदेखि नै धेरथोर अनियमितता वा अब्यबस्थापन थियो । तर सबैभन्दा बढ़ी कल्याणकोषलाई ध्वस्त पार्ने काम श्याम सा’ब र ओम सा’ब बीचको समयमानै भएको देखीन्छ । सबै भन्दा बढ़ी कोषको रकम एपीसी खरीदमा नै खर्च गरेको बुझिन्छ । एकातिर एपीसी खरीदमा करोडौं कमिशन लिने र अर्को तिर संयुक्त राष्ट्रसंघबाट आएको रकममा पनि गोलमाल गर्ने यो काल रहस्यमय देखिन्छ ।
पूर्वप्रहरीको हालका संरक्षकज्युसँग अनुरोध छ कि यो कालको आए ब्यय पारदर्शी गर्न तत्काल हाम्रो माँग अनुसारको पूर्वप्रहरी सम्मिलित छानबीन समिति बनोस् र कल्याणकोषको रकम एपीसी लगायतका सामाग्री किन्न कति खर्च गरियो ? र यो कालमा संयुक्त राष्ट्र संघ बाट कल्याणकोशमा कती कती रकम कुन कुन बैडंकमा आयो ? कल्याणकोषबाट कति रकम चलाइयो र कति रकम फर्कियो ? ती किनिएका एपीसी कति रकम पर्ने थिए ? र ती अहिले कहाँ छन् ? गहिरोसँग छानबिन होस् । करौडौको एपीसी किनि बर्षको ४२ हजार डलर भाडा लिनु के ठिक थियो रु के एपीसीले आफ्नो रकम उठायो ?
मलाई पूर्वप्रहरीहरुले जानकारी गराएकी २०७३ साल तिर कÞरीब ५ करोड बचत भएको साँगा स्कुलले असल ब्यबस्थाप गरी २०७५ सालमा पुग्दा कÞरीब ११ करोड बचत बनाएको थियो रे । सुधार गर्न सकिन्छ तर त्यसको सुरुवात गल्ती पत्ता लागे पछि मात्र सम्भब छ । कल्याण कोशमा अहिले पनि केबल २ अर्बदेखि ३ अर्बभित्र मात्र मौजाद देखिनु शंकास्पद छ । गल्ती र चुहावट कहाँ थियो ? पत्ता लागाउन अति आबश्यक देखिन्छ ।