19.1k
Shares
काठमाडौं । ललितपुरको कुपन्डोलमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
बा९५प ५३३४ नम्बरको मोटरसाइकल गए राति करिब सवा १ बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका–९, छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारका क्रममा आज बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
मोटरसाइकल चालकको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।