वैदेशिक रोजगारको नाममा गरिब जनतालाई ठग्दै फिस्टल ओभरसिज प्रा.लि.का संचालक राज फुयाँल

18.2k Shares

काठमाडौं, २१ बैशाख । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ठगहरुको सूची लामै छ । सोझा, सिधा नेपालीहरुलाई अनेकन प्रलोभन दिई ठगी गर्ने म्यानपावरको नाम लिँदा पछिल्लो समय फिस्टल ओभरसिज प्रा.लि.को नाम अगाडि आउने गरेको  छ । 
वैदेशिक रोजगारको नाममा काठमाडौंको गोङ्गबुमा संञ्चालित फिस्टल ओभरसिज प्रा.लि.ले गरिव निमुखा नेपालीहरुलाई दिनदहाडै ठगि धन्दा चलाइरहेको समाचार विभिन्न संचार माध्यमहरुमा आएका छन् । 
सोझा सिधा व्यक्तिहरुलाई बैदेशिक रोजगारमा पठाउँछु भन्दै काठमाडौंको गङ्गबुमा संञ्चालित फिस्टल मेनपावरका संञ्चालक राज फुयाँलद्वारा ठगिएका पीडितहरुले आफूहरु फुयाँलबाट ठगिएको गुनासो खोजतलास कार्यालयमा बताएका छन् । 
राज फुयाँलले आफ्नो दुईवटा नाम राखी वैदेशिक रोजगारीका नाममा सयौं गरिब नेपालीलाई लामै समयदेखि ठग्दै आइरहेको पनि रहस्य खुलेको छ । मेनपावरका ठगीका बादसाह भनेर चिनिने रेशम राज फुंयाँल वा ठगी धन्दाका मायुर खेलाडी उनले नामसँगसँगै थर पनि परिवर्तन गर्दै हिँड्ने गरेको पीडितहरुको भनाई रहेको छ । राजले हालको नाम रेशम लामिछाने बताउँदै ठग्दै हिँडेको विशेष स्रोतले खोजतलासलाई जनाएको छ । 
मेनपावरको नाममा ठगी गर्दै हिँड्ने राजले हजारौं गरिब नेपालीहरुका सपना त लुटेका छन्, त्यसका साथै उनिहरुका कलिला तामाका मुना जस्ता बालबालिकाको भविष्यमाथि खेलवाड गरेका छन् । वैदेशिक रोजगारीका नाममा कहिले फुँयाल कहिले लामिछाने थर राख्दै आइहेका रेशमले चार जना गरिव परिवारको सपनामाथि खेलवाड गरी घर न घाटको बनाई दिएका छन् । रेशमले सिन्धुपाल्चोकका कृष्ण बहादुर तामाङ, समशेर गोले, जया लामा र समीर तामाङलाई अनेक प्रलोभन दिई प्रतिव्यक्ति ५० हजारदेखि दुई लाख रुपैयाँ ठगी गरी उनीहरुलाई घर न घाटको बनाएको उनिहरुले जानकारी गराएका छन् । 

man.jpg
रेशमले प्रतिव्यक्ति ५० हजारदेखि दुई लाख रुपैयाँ टेकबहादुर स्याङ्तान नाम भएका व्यक्तिलाई नक्कली नाम अमर राख्न लगाई एजेन्टको जिम्मेवारी दिई धेरै नेपाली जनतालाई पैसा दिएको प्रमाण नहुने गरी ठगी गरेको पाइएको छ ।
टेकबहादुरलाई नाम परिवर्तन गर्न लगाई ऐजेन्टको जिम्मेवारी दिई सोझा सिधा जनतालाई ठगेको यो त एउटा सानो प्रतिनिधि पात्र मात्रै हो । यस्ता ठगी धन्दाको विषयमा संचारकर्मीहरुले रेशमले प्रयोग गर्दै आइरहेको ९८५१२२३५२३ नम्बरको मोवाइलमा सम्पर्क गर्दा उल्टै संचारकर्मीलाई ज्यानै मार्नेसम्मको धम्की दिने गरेको पाइएको छ । 
पछिल्लो समय फिस्टेल म्यानपावरको ठगी धन्दाको विषयमा विभिन्न संचार माध्यममा समाचार आउन थालेपछि पीडित र संचारकर्मीहरु यथार्थता के हो भन्ने जानकारी लिन कार्यालय पुगेपछि कर्मचारीहरुले रेशमलाई संचारकर्मी र पीडित कार्यालयमा आएको जानकारी गराएपछि रेशम आफ्नो कार्यालयमा समेत आएका थिएनन् । 
पिडितहरुको भिड बढ्दै गएपछि फुयाँलले हाम्रा प्रतिनिधिलाई फोन गरी नम्र शब्द प्रयोग गरी पिडतहरुलाई दलालमार्फत् आफ्नो मेनपावरले लिएको पैसा उपलब्ध गराउने भन्दै पिडितहरुको अकाउन्ट नम्बर उपलब्ध गराउन आग्रह गरेका थिए । सोही अनुरुप हामीले पिडितहरुको अकाउन्ट नम्बर पनि उपलब्ध गराई दियौं । पिडितहरुले भने अकाउन्ट नम्बर दिएपछि आफ्नो जायजेथा बेचविखन गरी दिएको पैसा उठ्ने भो भन्दै अनुहारमा आशाको किरण जगाएका थिए । 
तर सयौं युवालाई ठगी सकेका फुयाँलको सोझा युवालाई अल्झाउने त्यो नँया काइदा पो रहेछ । 
फिस्टलओभरसिज प्रालीका संञ्चालक रेशमराज फुयाँलको ठगी धन्दाबाट विक्षिप्त भएका केही युवाहरु वैदेशिक रोजगार विभागमा पुगी आफुहरु ठगिएको भन्दै उजुरी दिएका थिए । उजुरी पर्नासाथ विभागका कर्मचारीले रेशम राज फुयाँललाई फोन गरी उजुरी परेको जानकारी गराउँदा आफूले ती युवाहरुबाट पैसा नलिएको र अमर भन्ने आफ्नो एजेन्टले लिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएका थिए भने विभागका कर्मचारी उनको जवाफबाट नतमस्तक देखिन्थे । 

सम्बन्धित समाचार