सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

10.7k Shares

काठमाण्डौ – आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ४८ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ एक हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार सात सय ८० रुपैयाँ रहेको थियो । 

सम्बन्धित समाचार