हिजो कोरोना पुष्टि, आज विहानै मृत्यु

15.2k Shares

बुटवल, ४ कार्तिक । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलमा आज (मंगलबार) विहानै एक ४१ वर्षीया महिलाको मृत्यु भएको छ ।
रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत उनको मृत्यु भएको हो ।
बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको उपचारको क्रममा आज (मंगलबार) बिहान मृत्यु भएको हो ।
सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाई आईसीयू राखेर उपचार गरिएको थियो । उनका आज विहान ५ः १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन् । उनमा सुगरको समस्या समेत रहेको थापाले बताएका छन् ।

सम्बन्धित समाचार