पिएम कपमा आशिफ शेखको शतक

1.2k Shares

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम) कप क्रिकेटमा आशिफ शेखले शतक प्रहार गरेका छन् । टस जितेर बागमतीले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको सशस्त्र प्रहरीका लागि आशिफ शेखले शतक प्रहार गरेका हुन् ।

आशिफले ८८ बलको सामना गर्दा १३ चौका र तीन छक्काको सहयोगमा सय रन पूरा गरेका हुन् । ३३ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १९४ रन बनाएको पुलिसका लागि अहिले शेख र सुमित महर्जन क्रिजमा छन् । सुमितले ३७ बलको समना गर्दा १८ रन बनाएका छन् भने शेखले १०५ रन बनाएका छन् ।

आठौँ संस्करणको प्रधानमन्त्री (पिएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।

प्रतियोगिताका खेलहरू काठमाडौँको मुलपानी तथा मधेश प्रदेशको जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशाला र वीरगन्जस्थित नारायणी रङ्गशालामा हुँदैछन् ।

वैशाख ४ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा विभागीय टोली आर्मी, पुलिस र एपिएफ गरी १० टोलीको सहभागिता रहेको छ ।

सिङ्गल राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितमा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् । प्रतियोगिताको विजेताले १०, उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।

सम्बन्धित समाचार