18k
Shares
काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ११८ वटा नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा एक जनामात्रै संक्रमण मुक्त भएका छन्।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।