साँस्कृतिक कला विकास समूह नेपालद्वारा विविध साँस्कृतिक कार्यक्रम बृहत रुपमा सम्पन्न

15.8k Shares

काठमाडौँ/साँस्कृतिक कला विकास समूह नेपालको आयोजनामा बृहत सास्कृतिक एव सम्मान कार्यक्रम २०७९  सम्पन्न भएको छ । आज बिहान १२:३० राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा बिबिध जातिका झाकी प्रदर्शन लगायत मौलिक नृत्य प्रदर्शन गरिएको थियो ।

नृत्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त कार्यक्रममा समाजमा योगदान पुर्याएका २८ जना कलाकार तथा स्रस्तालाई खादा ओढाई सम्मान गरिएको थियो भने १३ जना नृत्याङ्ग तथा    स्वयसेवकलाई पनि प्रसंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बिशिष्ठ अतिथिमा परिवर्तन नेपालका अघ्यक्ष मोहन निरौला, बरिष्ठ नृत्य निर्देश राजु शाह, बरिष्ठ नृत्य श्याम खडगी लगायत अचुत घिमिरे, दिनश पाख्रिन, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक ब. कार्की, बरिष्ठ संगीतकार तथा कृषीजडीबुट्टी बसेषज्ञ डा  हिरालाल भुजेल, बरिष्ठ समाजसेवी डा कृष्ण हमाल हुनुहुन्थ्यो ।
साँस्कृतिक कला विकास समूह नेपालले योभन्दा अघि कार्तिक १९ गते पनि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा कार्यक्रम गरेको थियो जसमा ३३ जना स्रस्तालाई सम्मानित गरिएको थियो ।

सम्बन्धित समाचार