प्रदेश १ नामकरण : ‘कोशी’को पक्षमा उठाए ८२ जनाले हात

20.7k Shares

विराटनगर । प्रदेश नम्बर १ को नाम ‘कोशी’ प्रदेश राख्न प्रस्ताव गरिएकोमा प्रदेश सभाका ८२ सांसदले हात उठाएका छन् ।

बुधबार प्रदेश १ को नाम ‘कोशी’नामकरण गरियोस् भनि प्रदेश सभामा राखिएको प्रस्तावमा ४ जनाले हात उठाएनन् । दुईतिहाई भन्दा बढी सदस्यहरुले ‘कोशी’ प्रदेशको पक्षमा हात उठाएसँगै उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।

बुधबार बिहान प्रदेश सभा सचिवालयमा ‘कोशी प्रदेश’ र ‘किरात लिम्बुवान सगरमाथा प्रदेश’प्रस्ताव प्रदेशसभा दर्ता भएको थियो।

एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको थियो भने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेका थिए ।

एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर ‘कोशी’ नाम बुधबार बिहान प्रस्ताव संसद्मा दर्ता गराइएको थियो । तर, प्रस्ताव संसदमा दर्ता गराएको केही घण्टा नबित्दै राजवंशीले प्रदेश सभा सचिवालयमा समर्थन फिर्ता लिएको निवेदन दिएका थिए ।

सम्बन्धित समाचार