बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, २६ जना घाइते, ३० बेपत्ता

16.9k Shares

काठमाडौं । गएको आइतबारदेखिको अविरल वर्षासँगै बाढी–पहिरोका कारण ४८ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार ११ जिल्लाका विभिन्न ठाउँमा बाढी–पहिरोमा परी ४८ जनाको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले इलाममा ११, डोटीमा ९, हुम्लामा ६, पाँचथरमा ६, धनकुटामा ६, बैतडीमा ४, सुनसरीमा २, डडेलधुरामा १, प्युठानमा १, उदयपुरमा १ र कालिकोटमा १ जनाको मृत्यु भएको जानकारी दिए । प्रवक्ता कुँवरका अनुसार देशभर २६ जना घाइते भएका छन् । ३० जना बेपत्ता छन् ।

सम्बन्धित समाचार