24.3k
Shares
काठमाडौं । राप्रपा र राप्रपा (संयुक्त)को एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।
राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत दुई पार्टीको एकीकरणलाई आयोगले वैधानिकता दिएका जानकारी गराएका छन् ।
राप्रपा अध्यक्ष कमल थापाले २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनःएकीकृत गर्न सकेकोमा खुसी व्यक्त गरेका छन् । अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई अग्रणी राजनीतिक शक्ति बनाउने संकल्पसमेत गरेका छन् । अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ ।