सरकारले दियो शिक्षा क्षेत्रका सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति

16.9k Shares

सरकारले विद्यालय तह देखि विश्वविद्यालयसम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । 

स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासम्बन्धी आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा विश्वविद्यालय तथा शिक्षण संस्थानहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । 

कोरोना भाइरसको संक्रमणका कारण कक्षा १२ को परीक्षा सञ्चालन हुन सकेको छैन् । त्यस्तै विश्वविद्यालयहरुका परीक्षा पनि रोकिएका छन् ।

त्यस्तै सरकारले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको नियुक्ति प्रक्रिया पनि शुरू गर्ने निर्णय गरेको छ । मन्त्री ज्ञवालीले व्यवसायीक तालिम प्रदायकहरूलाई पनि तालिम दिन स्वीकृति दिएको जानकारी दिए ।

सम्बन्धित समाचार