बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु

21k Shares

काठमाडौं । बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
बैठकमा मन्त्रिमण्डल पुनर्गठन र राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल हुनेछ ।
पार्टी एकताको बाकी काम सम्पन्न गर्न असोज ६ गते सचिवालय बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई १० दिनभित्र कार्ययोजना ल्याउन निर्देशन दिएको थियो । सो समय समेत गुज्रिएको अवस्थामा सचिवालय बैठक बसेको हो ।
आजको बैठकले कोरोना महामारी लगायतका विषयमा समेत छलफल गर्ने नेताहरूले बताएका छन् ।
साथै असोज ४ गते बसेको बैठकले २०७४ को चुनावमा अन्तर्घात गरेको भन्दै कारबाही गरेका केही नेताहरुको कारबाही फुकुवाको निर्णय पनि गर्नसक्ने जनाइएको छ ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस विज्ञ रामशरण बजगाईं र प्रधानमन्त्री र बालुवाटारको सुरक्षामा खटिएका ६० भन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि बालुवाटारमा बैठकहरु हुने नहुने अनिश्चित भइरहेका बेला नेकपाको सचिवालय बैठक भने त्यहिँ नै राखिएको छ ।

सम्बन्धित समाचार