20.8k
Shares
काठमाडौं/साविक उमावि (कक्षा ११/१२) तहमा कार्यरत शिक्षकहरूको पेसागत साझा संगठनका रुपमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(HISTUN) केन्द्रिय समितिको बैठकको निर्णयानुसार असार १२ देखि देशभरका शिक्षकहरुले राष्ट्रिय परीक्षा वोर्डद्वारा संचालित कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्यलाई रोकेका छन् ।
विभिन्न पेसागत मागहरू राख्दै शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएको हिस्टुनले जनाएको छ। विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (हिजाे)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा रोक लगाउने जनाएको छ ।