आइतबार सुनको मूल्य बढ्याे

17.4k Shares

काठमाडौं/नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यसअघि सुनको मूल्य तोलामा एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज चार सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५ सय रुपैयाँ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।  

सम्बन्धित समाचार