काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीलाई कोरोना भाइरसको संक्रमण भएपछि ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै क्वारेन्टिनमा बसेका छन् ।
चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।
ट्रम्पले बिहिबार राति ट्वीटमा लेखे, ‘सानो छुट्टी पनि नलिइकनै होप हिक्सले निकै मिहिनेत गरेर काम गरिरहेकी थिइन् । ट्रम्पले ट्वीटमार्फत् हिक्सलाई संक्रमण भएको जानकारी गराएका थिए । उनले आफू र मेलानियाले परीक्षण गराएको र नतिजा कुरिरहेको जानकारी दिए । उनले आफूहरु क्वारेन्टाइन प्रक्रियामा रहेको समेत जानकारी दिए ।
पछिल्लो समय ट्रम्प राष्ट्रपति निर्वाचनका लाग व्यस्त छन् । उनी दोस्रो कार्यकाल निर्वाचित हुन सक्रिय भएका हुन् ।