१० हजार ७ सय ७ जना कोरोना संक्रमित होम आइसोलेसनमा

17.2k Shares
काठमाडौं। देशभर कोरोना कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 
मंगलबार २० हजार ३ सय ९६ जना सक्रिय संक्रमितमध्ये १० हजार ७ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।  
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ४ सय ४७ जना होम आइसोलेसनमा छन्। 
त्यस्तै प्रदेश १ मा  १ हजार ३ सय ७१, प्रदेश २ मा ६ सय २२, प्रदेश ५मा १ हजार ३ सय ९०, सुदूरपश्चिम प्रदेशमा १४६, गण्डकी प्रदेशमा ४८९ र कर्णाली प्रदेशमा २४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 
सम्बन्धित समाचार