काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । उक्त विवरण अनुसार समीक्षा अवधिमा बैंकले १ अर्ब ९० करोड खुद नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा १ अर्ब ७१ करोड खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वितरण योग्य मुनाफा भने ६३ करोड ९७ लाख रुपियँ छ । त्यसैगरी १ खर्ब ९२ अर्ब ६३ करोड निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड कर्जा प्रवाह गरेको छ ।
बैंकले चालु आवको दोस्रो त्रैमासमा ४ अर्ब ७७ करोड खुद संचालन मुनाफा आर्जन गरेको छ ।
बैंकको हाल कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड, रिटर्न अर्निङमा १ अर्ब २३ करोड र रिर्जभमा ७ अर्ब ७ करोड मौज्दात रहेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको प्रतिसेयर आम्दानी २० रुपियाँ ७० पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४८ रुपियाँ १० पैसा, प्रतिशेयर सम्पती १ हजार ३ सय ५७ रुपियाँ ५२ पैसा छ ।
वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात २.२४ प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.२७ प्रतिशत बेसरेट १०.६८ र स्प्रेडरेड ४.१९ प्रतिशत रहेको छ ।