सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, लाभांश वितरण नगर्ने

14.5k Shares

काठमाडौं/सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको हिजो (माघ ५ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको तेर्हौँ वार्षिक साधारण सभा माघ २७ गते, शुक्रबार, होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । त्यसैले बैंकका लगानीकर्ताको हात खाली हुनेछ ।

सभामा, आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९-८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा प्रयोजनका लागि माघ १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।  

सम्बन्धित समाचार