ललितपुर/गत शुक्रबार र शनिवार (असार २२ र २३) गतेका दिन कवेष्ट इन्टरनेशनल कलेज ग्वार्को, ललितपुर मा बि.एच.एम. संकायमा अध्ययनरत विधार्थीहरु बीच भएको खुल्ला कूकिङ "चौथो कवेष्ट कुकिंग प्रतिस्पर्धा २०८०" भव्यता तथा उत्सुकता साथ सम्पन्न भयो ।
सो प्रतिस्पर्धा होटल व्यवस्थापन संकायमा अध्ययनरत बिद्यार्थीहरु बीच खुल्ला रुपमा भएको थियो । जम्मा २५ समूह मध्ये हरेक समुहमा जनही दुईका दरले कुल ५० जना विधार्थीहरुले सहभागिता जनाएका थिए।
प्रतिस्पर्धाको पहिलो दिन २५ समुहले आफ्नो कला र ज्ञानको प्रयोग गरि बिभिन्न परिकारहरु बनाए । निर्णायक समुह तर्फ "सिटि होटेल एंड सुट्स" का अध्यक्ष “कविर जंग थापा” र हायात होटेल एंड रिसोर्टका सेफ "नवनित वर्मा" रहनुभएको थियो ।
प्रतिस्पर्धा पहिलो र दोश्रो गरी दुई चरणमा सकिएको थियो । पहिलो दिन पहिलो चरण बाट कुल २५ समूह मध्ये ८ समुह मात्र दोश्रो चरणको लागि छनौट भएका थिए । दोश्रो दिन पहिलो चरणबाट छनौट भएका ८ समूह बीच निकै नै बेजोड र रोचक प्रतिस्पर्धा भएको थियो । दोश्रो दिन प्रतिस्पर्धीहरुले भान्सा र पाक छनौट तथा त्यसको प्रस्तुति अन्तर्गत विभिन्न विधामा आफ्नो दक्षता प्रस्तुति गरेका थिए| सम्पूर्ण समुहलाई परास्त पार्दै सुजल प्रधान र मिनामाया श्रेष्ठ को जोडीको प्रस्तुति निकै नै उत्कृष्ट थियो र सोहि जोडी नै चौथो क्वेष्ट कुकिङ प्रतिस्पर्धाको उपाधि हात पर्न सफल भयो ।
क्वेस्ट ईन्टरनेशनल कलेज विधार्थीहरुको हकहित र पठनपाठन सँगै व्यवहारिक ज्ञानको समेत वृद्धि गर्ने हेतुले यस्तै सह-पाठ्यक्रम तथा अतिरिक्त जीवनोपयोगी कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको छ । यस्ता विभिन्न कार्यक्रम र प्रतिस्पर्धाले बिध्यार्थीहरुको ज्ञान र कलालाई थप परिमार्जन गरि भविष्यमा आफ्नो जीवनवृति सुनिस्चित गर्न समेत ठुलो भूमिका खेल्ने गर्दछ ।















