17.4k
Shares
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ३९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।