सशस्त्रमा जुनियरहरू शक्तिकेन्द्र धाउंदै

11.2k Shares
काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त ६ जना एसएसपीको पद रिक्त छन् । यी ६ रिक्त एसएसपीको पदमा अहिले तीन समूहका एसपीहरूको चर्को प्रतिस्पर्धा देखिएको छ ।
 
पहिलो समूह छ सि सं २ को पहिलो लटमा एसपी भएकाहरू । यो समूहमा क्रमशः धुर्व कार्की , जनक पुरी , यादव विश्वकर्मा , अशोक वम , टोप खनाल र बीरेन्द्र एैर छन् । त्यसपछिको समूह छ सि सं २ को भए पनि माथिल्लो समूह भन्दा १४ महिना पछि एसपीमा बढुवा भएकाहरू । यो समूहमा २० जना रहेका छन् । समिक महर्जन , दीपक थापा , दीपेन्द्र कुवंर लगायतको समूह २० जना भित्र रहेको छ । समिक महर्जन समेत यो समूहका केही अधिकृतलाई एसएसपी बनाउन एउटा गिरोह नै लागेको समेत खुलेको छ। त्यसपछिको अर्को समूह छ , सांढे दुई बर्ष पछिको । यो समूहमा १९ जना रहेका छन् । उनीहरू सि सं २ का भए पनि एसपी हुंदा पहिलो समूह भन्दा अढाई बर्ष पछि बढुवा भएका थिए । यो समूहमा रूप कुमार क्षेत्री , प्रदिपसिंह कार्की , हर्क पन्त लगायतको टोली रहेको छ ।
 
सशस्त्र प्रहरी बलमा बरिष्ठता मिचेर बढुवा गर्ने परम्परा शुरूवात भएसंगै धेरै जुनियरहरू पनि बढुवाको लागि शक्तिकेन्द्र धाउने काम भैरहेको छ । राजनीतिक शक्तिका भरमा जुनियर भए पनि सिनियरलाई पछि पार्दै बढुवा हुने प्रवृत्ति नेपाल प्रहरीमा त पुरानै रोग छदैं थियो तर सशस्त्र प्रहरी बलमा पनि यो रोग सरेपछि अहिले धेरै जुनियरहरू पनि बढुवाको लागि शक्तिशाली नेताका घर धाउन थालेका छन् ।
 
संगठनभित्रको बढुवा, सरुवा, र कार्य विभाजनमा प्रभाव पार्न सकिने आशाले उनीहरू शक्तिशाली नेताहरू वा उच्चपदस्थ अधिकृतहरूसँग सम्बन्ध गाँस्न थालिरहेका छन्। यो प्रवृत्तिले संगठनको आन्तरिक संरचना र अनुशासनमा प्रश्न उठाएको छ।
 
आदेशको पालना गर्नु पर्ने जुनियर तहका सदस्यहरू आफैं निर्णयमा प्रभाव पार्ने शक्ति केन्द्र खोज्न थाल्दा संस्थाको व्यावसायिकता र निष्पक्षता खल्बलिन सक्छ।विश्लेषकहरू भन्छन् कि संगठनको स्थायित्वका लागि आन्तरिक प्रक्रिया पारदर्शी र निष्पक्ष हुन आवश्यक छ।
सम्बन्धित समाचार