दबाई माफिया किन हुन्छन् सुरक्षित ?

26.1k Shares

डा. पूर्ण शाही

सन् २०१६–१७–१८ बाट चिकित्सा विज्ञान÷शास्त्र (मेडिकल साईन्स) मा उथल पुथल भएको छ । यो भन्दा  अगाडी चिकिस्ता शास्त्र जसले अध्ययन गरेका छन् त्यो सबै उल्टिएको छ ।

विश्वभरका मानवहरुलाई विभिन्न बहानामा नियन्त्रण गरेर आफ्नो कब्जामा राख्ने संस्थाहरुमध्ये विश्वकै मानव स्वास्थ्य तथा रोग सम्बन्धिको जवरजस्ती ठेक्का लिएको “विश्व स्वास्थ्य संगठन“ जस्तै दवाई, उपचार, उपचार उपकरण लगायत खाद्यान्न सम्बन्धिको संस्था “एफ डि ए“ (फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन) संयुक्त राज्य अमेरिकाको खाद्य र औषधि प्रशासन स्वास्थ्य र मानव सेवा विभागको संघीय एजेन्सी हो । आज भन्दा करिब ११५ बर्ष अगाडि खोलिएको यो “एफ डि ए“ दवाई उद्योगिहरुद्वारा नै सञ्चालन गरिने हुनाले दवाईहरुले मानिसको स्वास्थ्यमाथि पार्ने असरको फर्जी परिक्षण (फल्स क्लिनिकल ट्रयाएल) गरेर परिक्षणमा देखापरेका दवाईबाट हुने हानी नोक्सानी लुकाएर दवाईको राम्रो पक्षलाई मात्र देखाउने र  दवाई कम्पनीहरुलाई दवाई बिक्रीवितरणको अनुमति दिने गर्दछ । घातक दवाईको प्रयोगबाट भएको नकारात्मक असरले मानिसहरूको स्वास्थ्य घात गरिसकेपछि यति ठूला दवाई माफियाहरु बिरुद्ध मुश्किलले कसैले उजुरी दिन्छन् र यसको छानबिन र फैसला आउन १२ देखि १८ बर्ष लाग्छ, यति लामो  समयसम्म यी विश्वकै धन दौलतको भण्डार नै कब्जा गरेका दवाई माफियाहरुसँग कसरी मुद्दा मामिला लडेर बस्ने र मुद्दा लडिहाले पनि अदालतले निर्णय फैसला गर्न लगाउने यति लामो समयमा दवाई माफियाहरु मजाले आफ्नो दवाईको बिक्रीवितरण गरेर खरबौं रुपैयाँ  कमाई सक्छन् र बल्ल “एफ डि ए“ ले यिनीहरुमाथि प्रतिबन्ध लगाउँछ, यी दवाई कम्पनीले खरबौं कमाएर १०–१५ अरब रुपैयाँ जरिवाना तिर्न पनि सामान्य नै हुने भयो । छिमेकी मुलुक भारतले मात्रै ३२५ वटा  दवाईहरुमाथि प्रतिबन्ध लगाएको छ जुन दवाइहरु २०–३० बर्षदेखि बिक्रीवितरण भैरहेका छन्, यतिका बर्षमा कमाएको खरबौं रुपैयाँको १५–२०% खर्च गरेपनि अझ उत्तिकै खरबौंको बचत रहन्छ । कैद सजायको निम्ति यी दवाई कम्पनीहरुले आफ्नो कुनै कामदारलाई जेल पठाईदिन्छन् र उसको घर परिवारलाई बाचुन्जेलसम्मको खर्च चलाउने पैसा दिने गर्छन् । त्यसमा दवाई माफियाहरुको कमाईको नगन्य खर्च मात्र हुन्छ, ’एउटा रुखको पात हल्ले जत्तिको न हो’ । त्यसकारण दवाई माफिया त सुरक्षित नै रहने हुन्छ ।

आधा जति क्लिनिकल ट्राएलहरु कहिले पनि सार्वजनिक रुपमा पत्र पत्रिकामा छापिदैनन्, नेटमा खोजेपछि सबै तथ्यांकहरु भेटिन्छन् ।

जब हामीलाई रक्तचापको बिरामी भनेर रक्तचापको दवाई शुरु गराईन्छ, तर रक्तचाप ठिक हुनु त परै जाओस् झन मधुमेहको दवाई, मुटुको दवाई थपिदै जान्छ । उदाहरणको लागि जब हामीले एउटा साँपलाई देखेर तर्सिन्छौं त्यसबेला हाम्रो शरिरबाट एउटा रसायन स्रबित हुन्छ र रक्तचाप बढ्दछ जुन सामान्य कुरा हो । यहाँ साँपबाट बच्न हामी भाग्छौं या साँपलाई भगाउछौं, यसबेला रक्तचाप बढ्नु भनेको सामान्य कुरा हो यो त शरिरको प्रतिक्रियाको परिणाम हो, शरिरभित्र भएको रासायनिक प्रतिक्रियाको परिणाम मात्र हो, जब हामी साँपबाट बचेर सुरक्षित भैसक्छौं तब रक्तचाप त फेरि पहिलेकै सामान्य अवस्थामा आईहाल्छ । यस्तै अर्को उदाहरण अस्पताल गएर जब हामीले रक्तचाप नाप्छौं त डाक्टर देखेर तर्सेर रक्तचाप बढी आउँछ भने अस्पताल बाहिर आईसकेपछि रक्तचाप फेरि पुनः घटेर सामान्य भैहाल्छ, यसरी डाक्टर देखेर तर्सेर रक्तचाप बढ्ने अवस्थालाई ह्वाईट कोट सिन्ड्रोम भनिन्छ ।

सामन्य रक्तचाप कति हुन्छ ?

के १२०-८० सामान्य हो र ?

नर्वेका मानिसहरुको सामान्य रक्तचाप प्रायः १५०÷९० हुन्छ तर नर्वेका मानिसहरु विश्वकै स्वस्थ र दिर्घजिवीमा पर्दछन्, उनीहरुको औसत आयूनै करिब ८३ बर्ष रहेको तथ्यांकले जनाउँछ । सन् २०१३ मा जारी भएको बर्तमान युरोपियन निर्देशिका अनुसार सामान्य रक्तचाप १४०÷९० राखिएको छ, यो निर्देशिकाले नर्वेका करिब ७६%  नागरिकलाई सजिलै उच्च–रक्तचापको बिरामी बनाएर फर्मा माफियाको दवाई बिक्री गराउदै मनग्य पैसा कमाउने र स्वस्थ मानिसलाई जबरजस्ती बिसाक्त दवाई खुवाएर दीर्घकालीन बिरामी बनाउदै जीवनभर दवाईहरुको गुलाम बनाएर समाप्त पार्न सजिलो बनाएको छ ।

अहिलेको फर्मा माफियाहरुको सामान्य रक्तचापको मापदण्ड १२०÷८० लाई अनुसरण गर्दा त नर्वेका मानिसहरूको सामान्य रक्तचाप नै १५०÷९० भए पछि  त सम्पूर्ण नर्वेली नागरिकहरु फर्जी उच्च रक्त चापको बिरामी हुने भए कि भएनन् ! विश्वकै स्वस्थ र दिर्घजिवी नर्वेलीहरु त यी दवाइ माफियाको मापदण्डअनुसार  सम्पूर्ण नागरिक उच्च रक्तचापको बिरामी बनाउने भए ।

अब छिमेकी मुलुक भारतको जारवा आदिवासीहरुको रक्तचाप, स्वास्थ्य, आयू र जीवन शैलीलाई तुलना गर्दा, जारवाहरू भारतको अण्डमान–निकोबर टापुका प्रमुख जाती समुह हुन् । तिनीहरू दक्षिण अण्डमान र मध्य अण्डमान– टापुहरूमा बस्छन्, र तिनीहरूको वर्तमान संख्या करिब २५०–४००  व्यक्तिहरूको बीचमा अनुमान गरिएको छ । तिनीहरूले आफ्नो समूह भन्दा बाहिरीहरूसँगको अन्तरक्रिया सम्बन्धलाई धेरै हदसम्म त्यागेका छन्, र तिनीहरूको समाज, संस्कृति र परम्पराका धेरै विवरणहरू अझै पनि परम्परागत रुपमै सुरक्षित छन् । 

जरावासका मानिसहरुको औसत रक्त चाप १००÷६० छ, तर उनीहरुलाई न त कहिले मुटुको रोग हुन्छ न त मृगौला लगायतको बिरामी, छोटकरीमा भन्दा जारवासका मानिसहरु कहिले पनि बिरामी हँुदैनन् ।

विश्वकै सबैभन्दा उच्चस्तरीय  परिक्षण “कक्रेन परिक्षण“ को खोज अनुसन्धानको निस्कर्ष अनुशार रक्तचाप १६०÷१०० सम्म सामान्य रहन्छ यदि १६०÷१०० रक्तचाप दवाई सेवन गरेर घटाउने काम गरेमा मानव स्वास्थ्यको लागि हानिकारक हुन्छ, यही नियम चिनी रोगमा पनि लागू हुन्छ“ रगतमा चिनीको मात्रा खाली पेट र खानापछिको जोडेर २ ले भाग गर्दा २५० सम्म आउँछ भने त्यसलाई सामान्य रक्त चिनी मानिन्छ । जस्तै खाली पेट रक्त चिनी २०० र खाना पछि ३०० छ भने २००+

सम्बन्धित समाचार