नेप्सेमा तिव्र उतार चढाव, कारोबार रकम भने सात अर्बभन्दा बढी

17.3k Shares

काठमाडौं/साताको कारोबारको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिव्र उतार चढाव देखिएको छ । बजार २२७७.४२ अंकको माथिल्लो विन्दुसम्म पुगेको परिसूचक २१७९.६४ अंकसम्म ओर्लिएर फेरि २१९०.४२ अंकमा पुगेर बन्द भएको छ ।   

आज नेप्से २१.३५ अंकले घटेर दुई हजार एक सय ९० दशमलब ४२ विन्दुमा बन्द भएको हो ।  त्यस्तै, आज सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

 नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । तारागाउ रेजेन्सी होटलको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी न्यग्द्री ग्रुपको  भएको छ । यसको आज २२ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ ।  

सम्बन्धित समाचार