चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभामा निर्वाचित भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका रबि लामिछानेको जिल्लामा नै ट्राफिक प्रहरीको असुली धन्दाले सेवाग्राही आजित मात्रै भएका छैनन् कि कतै सुनुवाइ नभएपछि सडकमै उत्रनुपर्ने अवस्था आएको बताउँछन् । घुष नदिइकन कुनै काम बन्दैन मात्रै हाेइन कसुर अनुसारको जरिवाना तिरेपछि पनि घुष खुवाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरूकाे भनाई छ। चितवन ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षकको हकमा हाेस या अन्य दर्जाको हकमा नै किन नहाेस आकर्षक जिल्लामा चिनिन्छ । त्यसैले पनि त्याहां जाने निरीक्षक देखि अन्य सबै साेर्सफाेर्स लगाएर आउने गर्दछन ।सरूवा भएर गएकाहरू त्याहांबाट अन्यत्र सरूवा भएपनि धेरै जादैनन ।साेर्सफाेर्स लगाएर काजमा बसिरहेका हुन्छन् भने कतिपयले कर्मचारी प्रशासनमा सेटिङ मिलाएर बर्षाेबर्ष पनि बसिरहेका छन् ।यसबाट के प्रष्ट हुन्छ कि यहाँ अन्यत्र भन्दा अतिरिक्त कमाई हुने भएको कारण पनि उनीहरू सरूवा हुन चाहादैनन र भए पनि दरबन्दीमा नगई चितवन ट्राफिकमा नै काजमा बसिरहन्छन ।
चितवन ट्राफिक मातहत सबैभन्दा अतिरिक्त कमाई हुने पाेष्टहरूमा जुगेडी , गाेन्द्राङ , मुग्लिङ , टांडी प्रमुख रहेका छन् भने अफिसक्लर्क सबैभन्दा आकर्षक र अतिरिक्त कमाई हुने ठाउँको रूपमा चिनिन्छ ।बसन्त लामा बागमती प्रदेशको डिआइजी भएको बेला चितवन ट्राफिककाे मात्रै हाेइन मातहतका अन्य जिल्लाका ट्राफिक प्रहरी जाे लामो समयदेखि बसेर बदनाम र भ्रष्टाचारमा डुबेका थिए उनीहरूकाे सरूवा भएको थियो ।तर त्यतिबेला सरूवा भएकाहरू केही रमाना लिएर गए भने काेहौ अझै छन् ।जसको कारण चितवन ट्राफिक सधै रकम असुलीकै कारण बदनाम हुदैआएको छ। सबैभन्दा अतिरिक्त कमाई हुने पाेष्टका रूपमा चिनिएको जुगेडीमा असई हरि भट्टलाई पठाएको छ । भ्रष्टाचार