16.5k
Shares
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको नयाँ घरमा सर्ने भएका छन्। देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार धुम्बाराहीमा नयाँ घर भेटिएको छ । सोही घरमा बिहीबार सर्नेगरी तयारी भइरहेको उनले बताए ।
सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड अहिले खुमलटारमै बसिरहेका छन् । देउवाको नीजि निवास बूढानिलकण्ठमा निर्माण कार्य भइरहेका कारण भाडामा नयाँ घर खोजिएको हो । देउवाले घर छाडिसकेपछि बालुवाटारमा सर्ने तयारी रहेको प्रचण्डको सचिवालयले बताएको छ ।
प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि त्यो खाली नहुँदा प्रचण्ड खुमलटारमै भेटघाट बाक्लो बनाएर बसेका छन् ।