गठबन्धन बैठकअघि आन्तरिक छलफलमा देउवा र प्रचण्ड

15.5k Shares

काठमाडौं, १०  पुष   प्रधानमन्त्रीको नाम पेश गर्न शीतल निवासले दिएको समय सीमा घर्किँदै गर्दा सत्तागठबन्धनका प्रमुख दलहरू कांग्रेस माओवादीको शीर्ष नेतृत्व आन्तरिक छलफलमा जुटेको

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीका शीर्ष नेतासँग बालुवाटारमा परामर्शमा छन् त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पनि अहिले शीर्ष नेतृत्वबीच छलफल चलिरहेको सत्तागठबन्धनको बैठक बजे बस्ने तय भएपनि दुई पार्टीको आन्तरिक छलफलका कारण ढिलो भइरहेको

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले शीर्ष नेताहरूबीच छलफल चलिरहेको बताए त्यस्तै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि नेताहरूबीच भेटघाट जारी रहेको जानकारी दिएका छन्

गठबन्धनको बैठकमा प्रस्तुत हुने विषयमा रणनीति बनाउन दुई दलका शीर्ष नेतृत्व आन्तरिक छलफल गरिरहेको बताइएको

गठबन्धनबाट आलोपालोमा को पहिले प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री दाबी गरिरहेका छन् कांग्रेसमा ठूलो दलको हैसियतले माओवादीलाई प्रधानमन्त्री नछाड्न तीब्र दबाब शनिबार बालुवाटारमा भेला भएका सांसदहरूले देउवालाई प्रधानमन्त्री नछाड्न भनेका थिए

पहिला प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने माओवादीले देउवालाई संकेत दिइसकेको देउवाले मिलाउने भन्दै आश्वासन दिएका छन् । तर, अहिलेसम्मको अवस्था हेर्दा गठबन्धनमा सहमतिको सम्भावना देखिइसकेको छैन

सम्बन्धित समाचार