हरिसिद्धीको चारायण भगवानको मूर्ति चोरी

18.4k Shares
ललितपुर । ललितपुरको हरिसिद्धीस्थित एक मन्दिरको नारायण भगवानको मुर्ति चोरी भएको छ । 
गएराति ललितपुर हरिसिद्धीमा रहेको नारायण भगवानको मुल मूर्ति चोरी भएको हो  भने सोही स्थानमा रहेको अर्को मन्दिरको मूर्ति पनि उखेल्न प्रयास गरिएको पाइएको छ ।
हरिसिद्धिको दल्छीमा अवस्थित नारायण मन्दिरको मूर्ति चोरी भएको र पाखचा टोलमा भएको नारायण भगवानकै अर्को मन्दिरमा भने चोरीको प्रयास भएको छ ।
पाखचा टोलको नारायण मन्दीर परिसरमा रहेको सीसीटीभी क्यामेरा करिब दुई महिना अघि फुटाइएको स्थानीयले बताएका छन् । करिब दुई महिना अगाडि सीसीटीभी फुटाइएको थियो । त्यसपछि केही दिन अगाडि नयाँ जडान गरिएको स्थानीयले जानकारी गराएका छन् ।  
मूर्ति चोरी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरले अनुन्धानका लागि टोली पठाएको छ । प्रहरी टोलीले मूर्ति चोरीबारे अनुसन्धान गरेपछि विस्तृत विवरणबारे जानकारी दिने जनाइएको छ ।

सम्बन्धित समाचार